Tuesday, September 19, 2017

धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती

रौतहट । आफ्नो जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् ।

बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माण शिलान्यास गरेका हुन् ।
५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको धुर्मुसले बताए ।
बाढीको चपेटामा परेका ती समुदायको जीवनस्तर उकास्नका लागि वस्ती निर्माण सुरु गरिएको उनको भनाइ छ ।
आउदो माघसम्म वस्ती निर्माण सक्ने योजना बनाएका धुर्मुस-सुन्तलीले २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानीयको पनि सहयोग रहेको जानकारी दिए ।
भूकम्पपछि सामाजिक काममा सक्रिय भएका सिताराम र कुञ्जनाले अहिले धुर्मुस-सुन्तली फाउण्डेशन सञ्चालन गरेका छन् ।
फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।
Credit:onlinekhabar.com

No comments:

Featured Post

Make money online

https://www.wpbeginner.com/beginners-guide/make-money-online/?fbclid=IwAR0_9_5aHmbB4rDisaPevdnO4uAgo0N9heHgPu1TjerjurE5ilD2NyzeB2A

Popular Posts