१.धनियाँ खाँदा शरीरमा सञ्चय भएका विकार शरीर बाहिर निस्किन्छ र रगतलाई शुद्धीकरण गर्छ ।
२. हरियो धनियाँको पातको रस पिउदा टायफाइडका बिरामीलाई लाभ मिल्छ ।
३. हरियो धनियाँ नियमित रुपमा प्रयोग गर्दा आँखाको रोशनी बढ्न मद्दत मिल्छ ।
४. एक चम्चा धनियाँको रस बेसारमा मिसाएर लगाउँनाले अनुहारको छालामा चमक ल्याउछ साथै अनावश्यक पिम्पल्स तथा दागहरु हटाउँछ ।
५. आधा गिलास तातो पानीमा दुई चम्चा धनियाको धुलो मिसाएर पिउनाले पेट दुखेको निको गर्छ ।
६ .धनियाँमा प्रसस्त मात्रामा भिटामिन ए पाइन्छ । यसका साथै हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको रसलाई आधा गिलास पानीमा मिसाएर पिउँनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।
No comments:
Post a Comment