Monday, December 4, 2017

अभिनेता शशी कपूरको निधन


सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो ।शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गर्नुभएको थियो ।

भारतीय सिने जगतमा उल्लेख्य योगदान पु¥याएका कपूर वंशमा जन्मनुभएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा हुनुहुन्थ्यो ।उहाँको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ |

credit:gorkhapatraonline

Sunday, December 3, 2017

धनियाँ (Coriander)खाँदा शरीरमा हुने फाइदा


१.धनियाँ खाँदा शरीरमा सञ्चय भएका  विकार शरीर बाहिर निस्किन्छ र  रगतलाई शुद्धीकरण गर्छ । 
२. हरियो धनियाँको पातको रस पिउदा टायफाइडका बिरामीलाई लाभ मिल्छ ।
३.  हरियो धनियाँ नियमित रुपमा प्रयोग गर्दा आँखाको रोशनी बढ्न मद्दत मिल्छ ।
४.  एक चम्चा धनियाँको रस बेसारमा मिसाएर लगाउँनाले अनुहारको छालामा चमक ल्याउछ साथै अनावश्यक पिम्पल्स तथा दागहरु हटाउँछ ।
५. आधा गिलास तातो पानीमा दुई चम्चा धनियाको धुलो मिसाएर पिउनाले पेट दुखेको निको गर्छ ।
६ .धनियाँमा प्रसस्त मात्रामा भिटामिन ए पाइन्छ । यसका साथै हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको रसलाई आधा गिलास पानीमा मिसाएर पिउँनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।

Featured Post

Make money online

https://www.wpbeginner.com/beginners-guide/make-money-online/?fbclid=IwAR0_9_5aHmbB4rDisaPevdnO4uAgo0N9heHgPu1TjerjurE5ilD2NyzeB2A

Popular Posts